काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।
काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय बैठकले गरेको छ । ।
२५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने निर्णय भएको छ ।
काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
Facebook Comments Box