झापा । सुनसरीमा जिप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
हायस, पिकअप र मोटरसाइकल एक आपसमा ठोक्किँएको प्रहरीले जनाएको छ ।
मृत्यु हसनेमा पिकअप चालक विराटनगर ७ निवासी अक्षकुमार गुप्ताको स्टेरिङमा च्यापिएर मृत्यु भएको छ भने मृतक अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ७ बजे पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अर्को पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटना पूर्वबाट जाँदै गरेको हायसको तीव्र गतिको कारण भएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।
Facebook Comments Box