सुनसरी । सुनसरीको ईटहरी–१२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी–११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् ।
हिजो राती करिब ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकअप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो ।
घाईते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो राती मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।
Facebook Comments Box