रौतहट । पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।
झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
मौलापुर १ मर्यादपुरका भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।
स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँसको लाठी, भाटासहित आएर आक्रमण आरोप लगाए ।
सो क्रममा भुवाली साह सोनार पक्षका भरत साह सोनार, नयन देवि, सुहन साह सोनार, अन्जु देविको टाउकोमा चोट लागेको छ।
त्यसैगरी श्यामा देवि, किसुन साह सोनार,रामजी साह सोनार, धर्मेन्द्र साह लगायतलाई पनि चोटपटक लागेको र दुईजनाको हात भाँच्चिएको साहको भनाइ छ ।
घाइते सबै जनाको मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ ।