तेह्रथुम । तेह्रथुमको लालिगुरास नगरपालिका १ भुल्केबाट भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ परेका छन् ।
उनीहरु तिन थान भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका प्रहरीले जनाएको छ ।
प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अवस्थामा हिजो दिउसो फेला पारेको थियो ।
प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box