बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका-३ का ४० वर्षीय राजकुमार खनालको बिरिङ खोलामा डुबेर मृत्यु भएको छ।
अर्जुनधारा-१ साधुटार नजिक बिरिङ खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीयबासीले उनको शव खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
मृतक खनाल शुक्रबार राति १० बजेसम्म घरमा नै रहेका थिए। उनी कतिबेला र के उद्देश्यले निस्किए त्यो भने नखुलेको प्रहरीले जनाएको छ।
Facebook Comments Box