काठमाडौं । करार अवधि सकिन लागेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेका सब इन्जिनियरहरूले सडक प्रदर्शन गरेका छन् ।
सेवा अवधि थप गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको छ ।
करार अवधि नथप्न खोजेको र सेवाबाट हटाउन लागेको उनीहरुको आरोप छ ।
बबरमहलदेखि माइतीघरसम्म सडक प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।
यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रहेको शिक्षा इकाइले कर्मचारीको करार अवधि थप्ने प्रक्रियामा रहेको जनाएको छ ।
Facebook Comments Box