काठमाडौं । झापाको मेचीनगर नगरपालिका ५ पीपल चोकबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका २९ बर्षीय रामबहादुर निरौला रहेका छन् ।
बिहीबार दिउँसो साढे दुई बजे निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान- १ सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका निरौलालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box