काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच विवाद भएपछि झडप भएको छ।
आज पाँचौं नगरसभामा प्रमुख अतिथि नेकपा एमालेका नेता प्रभु साह थिए ।
साह पक्ष र अरू दलका कार्यकर्ताबीच झडप भएको हो ।
साह नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा गएका थिए ।
झडप रोक्न प्रहरीले अश्रु ग्यास पनि प्रहार गरेको छ । भिड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box