झापा । झापामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ ।
कोरोना महामारीको संक्रमण केही हदसमम कम हुँदै गएपनि जोमिख अझै रहेको भन्दै एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।
थपिएको निषेधाज्ञामा केही खुकुलो मोडालिटि रहने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
अत्यावश्यक सामाग्री लिन घर बाहिर निस्कँदा स्वास्थ्य सुरक्षा अपनाउने, होटल तथा रेष्टुरेन्टहरुले टेकअवे सेवा मात्र संचालन गर्ने, सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिक प्रवेश स्थगन गर्ने लगायतको निर्णय भएको छ ।





Facebook Comments Box