बिर्तामोड । झापामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ।
बजारलाई केही खुकुलो बनाउने तयारीका साथ डिसीसीएमसीको बैठक अहिले बसिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।
उनले भने, ‘बजारलाई केही सहज चाहिँ बनाउने हो। तर निषेधाज्ञा लम्बिन्छ।’
गत बैशाख २१ गते रातिदेखि झापामा लागु गरिएको निषेधाज्ञा आज रातिबाट सकिँदैछ ।
बजारलाई केही सहज बनाउन बाहेक अन्य फेरबदल नहुने प्रजिअ तिमिल्सिनाले बताए।
Facebook Comments Box