सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले इलाका प्रहरी कार्यालय हेलम्बुको भवन ढलेको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २ मा रहेको सो प्रहरी कार्यालय शुक्रबारको भीषण बाढीले ढालेको हो।
स्थानीयबासीले जग्गा उपलब्ध गराएर केही समय अघि तीन करोड रुपैयाँको लागतमा उक्त कार्यालयको निर्माण भएको थियो
बाढीले त्यत्रो क्षति गर्दासमेत राज्यका कुनै निकाय त्यहाँ पुग्न नसकेको स्थानीयबासी त्यहाँ पुगेका सञ्चारकर्मीहरूलाई बताएका छन्।
राहत र उद्धार कार्यमा समेत कोही पुग्न नसकेको उनीहरूले बताए।





Facebook Comments Box