बिर्तामोड । झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ।
सर्पदंशका धेरै बिरामीको मृत्यु भएपछि सरकारले कचनकवलमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमति दिएको हो।
शुक्रबार विघटित प्रतिनिधि सभाका सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले उपचार केन्द्रको उद्घाटन गरे।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा सर्पदंशको उपचारका लागि व्यवस्था मिलाएको छ।
गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि गाउँबासीले दबाब दिन थालेपछि २०७७ पुस २७ मै उपचार केन्द्रको स्वीकृतिका लागि महाशाखामा पत्राचार गरे पनि अनुमति नपाउँदा सञ्चालनमा ढिलाइ भएको थियो।
Facebook Comments Box