बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रले शुक्रबार दुईवटा अक्सिजन कन्सन्ट्रेटर अनुदानमा प्राप्त गरेको छ।
करुणा फाउन्डेसनको सहयोगमा मेची अभियानले दुई वटा अक्सिजन कन्सन्ट्रेटर अनुदान स्वरुप बुद्धशान्ति गाउँपालिकालाई उपलब्ध गराएको हो।

प्राकृतिक अक्सिजनलाई सञ्चित गर्ने अक्सिजन कन्सन्ट्रेटर मेची अभियानले उपलब्ध गराइदिएकोमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले अभियानलाई धन्यवाद दिए।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, मेची अभियानका संयोजक विजय डालमिया लगायतको उपस्थितिमा ती सामग्री आइसोलेसन केन्द्रमा हस्तान्तरण गरिएको थियो।

करिब ५ लाख बराबरको उक्त स्वास्थ्य सामग्री पाइसकेपछि आइसोलेसनमा अब अक्सिजन अभावको समस्या नहुने स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए।
Facebook Comments Box