बैतडी । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ ।
महाकाली नदीमा पानीले खतराको तह पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ ।
शुक्रवार बिहान महाकाली नदीमा पानीले खतराको तह पार गरेको सूचना प्राप्त भएकाले नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।
दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा पनि जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ ।
Facebook Comments Box