काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आउन सक्ने भन्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
मेलम्ची नदीमा पानीको वहाव बढेको र मंगलबार पहिरो गएको क्षेत्रमा बिहीबार पनि पानी परेकाले सुरक्षित रहन प्रहरीले आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले पनि पानी पर्ने अनुमान गरेकाले मेलम्ची बजारको तटीय क्षेत्रका वासिन्दालाई सुुरक्षित स्थानमा जान आग्रह गरिएको प्रहरीको भनाइ छ ।
Facebook Comments Box