विराटनगर । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।
पानीको बहाव उच्च भएसँगै बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो ।
बिहीबार बिहान सप्तकोसीमा पानीको बहाव एक लाख १४ हजार ७४५ क्युसेक मापन गरिएको जनइएको छ ।
सप्तकोसी आसपास क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ ।
Facebook Comments Box