धनगढी । कैलालीमा १० वर्षीया छोरीमाथि बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका ८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको शव जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सेती प्रादेशिक अस्पतालमा मृतक बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कारपछि हत्या गरिएको पुष्टि भएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा घटनामा बुवाकै संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box