दाङ । दाङ देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो ।
लमही नगरपालिका–७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा, त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box