काठमाडौं । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो गृह जिल्लाका बासिन्दालाई बाढीबाट सुरक्षित रहन र बाढी प्रभावितहरूको उद्धारका लागि जुट्न आह्वान गरेका छन्।
उनले घर बगाएकाहरूलाई आश्रय दिन नजिकका सुरक्षित मानिसहरूलाई आग्रह गरेका छन्।
सिन्धुपाल्चोकमा मेलम्ची र इन्द्रवती नदीमा आएको बाढीका धेरै क्षति भएको विवरण सामाजिक सञ्जालमा उल्लेख गर्दै उनले सर्वसाधारणलाई सुरक्षित रहन अपिल गरेका छन्।
उनले लेखेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु । मलाई सम्पर्क गर्न 9851040821 मा गर्नुहोला । मेरो स्वकिय निर्मल बन्जारा 9851175310 हो स्थानीय प्रशासन र जनप्रतिनिधिहरुसंग प्रत्यक्ष सम्पर्कमा रहनुहोला । आजै निरिक्षण हुने जानकारी गराउँदछु । खोलाको बहकाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन अपिल गर्दछु ।’