सिन्धुपाल्चोक । मनुसनी बर्षात शुरु हुनसाथ देशभर बाढीले बितन्डा मच्चाउन थालेको छ।
सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीका कारण केही पक्की तथा झोलुङ्गे पुल बगेका छन्।
मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारका अधिकांश घर डुबानमा परेका छन् र बाढीले बगाउने जोखिम बढेको छ।
मेलम्ची बजारमा रहेका करिब २ सय घर डुबानमा परेका छन् भने केही घर बाढीले बगाएका खबर आएका छन्।
उनले मानवीय क्षतिको विविरण प्राप्त भएको छैन।
बाढीमा परेका मानिसहरूको उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box