Browsing: खबरमञ्च विशेष

प्रायः निर्माणका काममा पुरुषहरुको सहभागिता हुने गरेकोमा झापा बुधबारे १ का महिलाहरुले आफ्नै गाउँमा झोलुङ्गे पुल निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनीहरुले पुरुषहरुको ‘लु पुल बनाएर देखाओ’ भन्ने चुनौतीलाई सामना गर्दै उक्त झोलुंगे पुलको निर्माण करीब चार महिनामै सम्पन्न गरेर देखाएका हुन् ।

विर्तामोड । पूर्वि नेपालको काँकरभिट्टाबाट प्राय जसो नेपालका अधिकांश ठाउँका लागि गाडि छुट्छन् । यात्रुबाहक बस आउने र जाने…

भद्रपुर । विहान हुन पाउँदैन, उनीहरुको मुखमा मास्क र हातमा पञ्जा हुन्छ । झापा भद्रपुर किराँत कोलोनीका गृहिणीहरु विहान उज्यालो…

बैदिशक रोजगारीका बहानामा धेरै पैसा कमाउने लोभमा होस् या शहर घुम्न जाने बहानामा नेपालको ग्रामीण गाउँका अधिकांश महिला तथा बालबालिका अझै पनि मानव तस्करको शिकार बनिरहेका छन् ।
हराएका मध्ये थोरै मात्रै प्रहरीको सम्पर्कमा आएर भेटिए पनि धेरै महिला तथा बालबालिका भेटिएको पाईदैन । चिने जानेका र आफन्तबाटै महिला तथा बालबालिका देश तथा विदेशमा दासका नाममा या यौन बजारमा बेचिने घटना बढ्दो छ ।

हराएका मध्ये कमै मात्रै भेटिन्छन् । तर अधिकांश महिला तथा बालबालिका नभेटिने गरेको महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने सरकारी निकाय तथा गैर सरकारी संस्थाहरुको तथ्यांकले देखाएको छ ।

चारआली भद्रपुर सडकमा भने बर्षायाममा सवारी साधन गुड्न त परै जाओस त्यहाँ प्रतिकात्मक आन्दोलनका लागि सर्वसाधारणले सडकमा धान रोप्ने गरेका छन् । अहिले पानी परिरहेका कारण सडकमा परेका खाडलमा साना सवारी फँस्न थालेका छन् । ठूला सवारी साधनलाई भद्रपुर वा चारआली पुग्न घन्टौं लाग्न थालेको छ ।

विर्तामोडमा जतिवटा सार्वजनिक कार्यक्रम हुन्छन् राष्ट्रिय बाणिज्य बैंक अगाडि सडकको छेउमै हुन्छन् । केही दिन अघि प्रहरी लगायत विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रम पनि त्यही स्थानमा भएको थियो । पूर्व पश्चिम राजमार्ग छेउमा हुने गरेका कार्यक्रमका कारण मानिसको भीडले सवारी साधन आवत जावतमा समेत कठिनाई उत्पन्न हुने गरेको प्रहरीको भनाई छ ।

यसअघि पनि झापाको विर्तामोडमा भद्रपुर रोड विस्तार गर्दा सयौं रुख काटिए । तर ति रुखको बदलामा अन्य विरुवा कतै रोपिएन । विर्तामोडदेखि भद्रपुरसम्म सडक विस्तार गर्दा सयौं रुख काटिए । अहिलेसम्म न सडक विस्तारले पूर्णता पायो न सडक छेउमा अन्य विरुवा रोपिए । वातावरण संरक्षणमा कसैको ध्यान गएको पाइँदैन ।

गोल्धाप (झापा) । प्रायः नेपाली समाज तथा घर परिवारमा बुहारीलाई पढन पठाउनुपर्छ भन्ने प्रचलन कमै रहँदै आएको छ । तर…

सिन्धुपाल्चोकमा बन्दै गरेको नमुना बस्तीमा ६५ वटा घर, एउटा सामुदायिक भवन, तीनवटा पार्क हुनेछन् । ति सबै घर बाल मैत्री, अपांग मैत्री, वातावरण मैत्री, सरसफाईयुक्त हुने धुर्मुशले बताए ।

झापालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको अवस्थामा अझै ८ हजार २ सय २४ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय झापाले जानकारी दिएको छ ।यही जेठ १७ गते शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले झापालाई साक्षर जिल्ला घोषणा गर्दैछन् । तर १५ देखि ६० बर्ष उमेर समूहका ८ हजार २ सय २४ जना व्यक्ति शिक्षाको पहुँचबाट अझै टाढा रहेको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलले बताए ।