Author: खबरमञ्च

झापा– झापाको भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोली लागेर एक जना कारोबारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले मंगलबार दिउँसो भद्रपुर–८ स्थित ओमसाई पाथीभरा हस्पिटल अगाडि गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये एक जना नेपाली र अर्का भारतीय नागरिक रहेको बताइएको छ। यद्यपि, प्रहरीले उनीहरूको विस्तृत परिचय खुलाएको छैन। उनीहरूको साथबाट ब्राउनसुगर बरामद भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बरामद भएको लागुऔषधको तौल गर्न बाँकी रहेको जानकारी दिए। घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्केका छन् । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल पनि गरेका थिए । प्रधानमन्त्री ओलीले क्षतिग्रस्त क्षेत्रबाट बेपत्ता भएकाहरुको स्थिति, नेपाल–चीन सिमानाको रसुवागढी भन्सारको क्षतिग्रस्त सुक्खा बन्दरगाह, बगाइएका मालवाहक कन्टेनर बगाउँदा भएको क्षतिको विवरणबारे चिन्ता र चासो व्यक्त गरेका थिए । उक्त विपद्बाट बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ , डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका छन् । बाढीले ड्यामसाइट…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका छन् । प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल छन् । यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा गएका छन् ।

Read More

रसुवा- नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ । तीमध्ये हेलिकोप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन् । यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन् । यस्तै ६ चिनियाँ नागरिकसमेत…

Read More

झापा – झापाको काँकरभिट्टामा हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल जिल्ला दार्जिलिङ, जलपाईगुडी थाना भक्तिनगर सेवक रोड, सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्। आज बिहान ८:५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा एयर पेस्तोलजस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो। जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिएअनुसार, अग्रवालले बोकेको सानो छालाको साइड ब्यागभित्र…

Read More

काठमाडौं- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल बगाएको छ। गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो। बाढीले भन्सार…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताए। हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको बताउँदै भगवान शिव पनि चाम्लिङ हुनसक्ने उनको अनुमान छ । तर आफूले दाबी भने नगरेको प्रधानमन्त्रीको भनाइ छ ।  प्रधानमन्त्री ओलीले भने, ‘वेदव्यास यहीँ तनहुँका थिए । कपिलमुनी त्यहाँ कपिलवस्तुका थिए । सिद्धार्थ गौतम (गौतम बुद्ध) लुम्बिनीका थिए । शिवजीले खेलेका ओडारहरु जसलाई हलेसी भन्छौँ । शिवजी चाम्लिङ थिए की के हो जस्तो लाग्छ…

Read More

झापा- झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरुको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ । सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन बरदान’ कार्यक्रम लागू गरेको थियो । सहकारीका सदस्यले वार्षिक रु तीन हजार ४७५ बुझाएपछि ‘जीवन बरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् । त्यसरी सदस्य बनेकाहरुले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन् । रोगको अवस्था हेरी कतिपय सदस्यले रु १० लाखसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ । धेरै खर्च हुने जटिल रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनु…

Read More

ताप्लेजुङ- ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौँबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए। बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए। हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँसम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको…

Read More

झापा- झापाको दमक –४ स्थित भट्टराई प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले कार्यालयमै झुन्डिएर आत्महत्या गरेका छन् । आइतबार दिउँसो ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव भट्टराईले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् । सोही प्रतिष्ठानमा कार्यरत शिवसताक्षी –२ घर भएका ४६ को टिकाराम भट्टराईले देखेर अस्थायी प्रहरी पोष्ट ताराबारीमा जानकारी गराएका थिए । भट्टराईले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

Read More