काठमाडौं- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् ।
चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको उद्धार भएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने पक्की पुल बगाएको छ। गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले पक्की पुल बगाएको हो। बाढीले भन्सार र्याडमा भएको कन्टेनरहरू पनि बगाएको छ।
क्षतिको विवरण आइनसकेको तर ठूलो क्षति भएको अनुमान गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। बाढी राति आएको र मानवीय क्षति पनि भएको हुन सक्ने अनुमान गरिएको उनको भनाई छ।
