झापा- झापाको दमक –४ स्थित भट्टराई प्रतिष्ठानका कार्यालय सचिव दिपेन्द्र भट्टराईले कार्यालयमै झुन्डिएर आत्महत्या गरेका छन् ।
आइतबार दिउँसो ४ बजे भट्टराई प्रतिष्ठानको कम्पाउण्डभित्र रहेको बाँसको झ्याङमा सोही ठाउँ बस्ने ५३ वर्षीय कार्यालय सचिव भट्टराईले नाईलनको डोरीको पासो लगाई आत्महत्या गरेका हुन् ।
सोही प्रतिष्ठानमा कार्यरत शिवसताक्षी –२ घर भएका ४६ को टिकाराम भट्टराईले देखेर अस्थायी प्रहरी पोष्ट ताराबारीमा जानकारी गराएका थिए ।
भट्टराईले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
