Author: खबरमञ्च

झापा– झापाको हल्दीवारी गाउँपालिका–४, ओली चोकस्थित एक घरमा आगलागी हुँदा चार जना घाइते भएका छन्। आज बिहान ६० वर्षीय पूण्यप्रसाद ओलीको घरको दोस्रो तलाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भइ अचानक आगो सल्किएको थियो। आगलागीमा परी घरधनी पुण्यप्रसाद ओली, उनका छोरा ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका छन्। उनीहरू शरीरको विभिन्न भागमा आगोले जलेर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी ओमसाई पाथीभरा अस्पताल पठाइएकोमा थप उपचारका लागि विराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट घरको भान्सा कोठा आंशिक रूपमा क्षति…

Read More

झापा – झापाको भद्रपुरमा ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान ८ बजे भद्रपुर वडा नम्बर ७, डाँफे चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नुवाकोट तादी वडा नम्बर ६ बस्ने ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीया शशी खत्री र भद्रपुर वडा नम्बर ७, डाँफे चोक बस्ने ३० वर्षीय सुनिल चापागाईँ रहेका छन्। उनीहरूले बोकेको कालो झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको ३७ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका तीनै…

Read More

झापा- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा पुनले उक्त जानकारी दिएका हुन्। उनले पुस्तक बिक्रीबाट रु १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए। उनको पुस्तकको मूल्य रु सात सय ५० छ । उक्त रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए। पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ । विर्तामोड नगरपालिकाले…

Read More

पाँचथर – ताप्लेजुङको सिरीङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य जस्ता सयौँ यात्रु र स्थानीयवासीका लागि मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा रहेको पुलको समस्या तेस्रो वर्षायाममा पनि उस्तै सास्ती बनेको छ। २०८० असार २ गते आएको बाढीले यहाँको पक्की सडक पुल बगाएपछि सुरु भएको हेंवा खोलाको सास्ती हरेक वर्षामा दोहोरिने गरेको छ, जसले जनजीवनलाई नराम्ररी प्रभावित पारेको छ। पक्की पुल बगेपछि एक सातापछि फड्के निर्माण गरियो, तर करिब दुई महिनापछि सोही स्थानमा जडान गरिएको बेलिब्रिज पनि गत वर्ष असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले बगायो। त्यसपछि डाइभर्सन निर्माण गरी यातायात सुचारु गरिए पनि त्यो पनि अस्थायी साबित भयो। निकै ढिलो गरी…

Read More

झापा – झापाको बिर्तामोडमा आज दिउँसो करेन्ट लागेर एक विद्युत् कर्मचारीको निधन भएको छ। दिउँसो २: २० बजे बिर्तामोड–२, पश्चिम स्टेन्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा–४, भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको हो। उनी नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रमा फिल्डतर्फ ज्यालादारी कर्मचारीका रूपमा काम गर्दै आइरहेका थिए। जिल्ला प्रहरी कार्यालयका अनुसार, ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका पाण्डेलाई सोही कार्यालयका कर्मचारीले उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याएका थिए। उपचारका क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले प्रहरी टोली घटनास्थलमा खटिएर थप अनुसन्धान तथा कानुनी…

Read More

झापा – राजनीतिक शक्तिको आडमा लामो समयदेखि अवैध धन्दा चलाउँदै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदामबाट लाखौँ मात्रामा औषधीजन्य लागूऔषध बरामद भएको छ। बिर्तामोड प्रहरीले यसलाई ठूलो उपलब्धिको रूपमा लिँदै आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रहरीले बरामद गरेका औषधीजन्य लागुऔषधहरूमा ठूलो परिमाणमा प्रतिबन्धित पदार्थहरू रहेका छन्: १. Tramadol Hydrochloride Capsules IP – १,०३,८०० क्याप्सुल २. Tramadol Hydrochloride Injection – १८७० एम्पुल ३. Tramadol and Acetaminophen Tablets – ४०५० ट्याब्लेट ४. Dicyclomine HCL Tablets IP २० mg – ९७,००० ट्याब्लेट ५. Sildenafil Tablets IP १०० mg (ZENEGRA MT RED १००) – ८,९०० ट्याब्लेट ६. Combipack of mifepristone tablets IP…

Read More

झापा – जिल्ला प्रशासन कार्यालय, झापाले मिति २०८२ असार ३० र ३१ गते स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा दिपक तिम्सिना नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू तथ्यहीन भएको स्पष्ट पारेको छ। विज्ञप्तिअनुसार, सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाले अपशब्द र अशिष्ट भाषा प्रयोग गरी तथ्यहीन आरोपहरू लगाएको पाइएको छ। यस विषयमा बुझ्नका लागि जिल्ला प्रशासन कार्यालयले उनलाई झापामा बोलाउँदा उनले आफू अरुको बहकाउमा लागेर आवेश र उत्तेजनामा आई अशिष्ट तथा अमर्यादित भाषा प्रयोग गर्न पुगेको स्वीकार गर्दै क्षमा याचना गरेको उल्लेख छ। उनले त्यसदिन कामले कुनै कुरा…

Read More

भद्रपुर (झापा)- आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र एक जना यौनिक अल्पसङ्ख्यक रहेका छन् । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले फरार प्रतिवादीहरूलाई जिल्ला अदालत झापामा उपस्थित गराई, अदालतको आदेशअनुसार कैद बाँकी रहेका व्यक्तिहरूलाई कारागार पठाइएको र जरिवाना मात्र बाँकी रहेका व्यक्तिबाट जरिवाना असुल गरी छाडिएको बताए। उनका अनुसार पक्राउ परेकाहरूबाट २४८ वर्ष १० महिना १४ दिन कैद र रु सात करोड २७ लाख २४ हजार ८२१ बराबरको जरिवाना असुल गरिएको छ ।…

Read More

बुधबारे — बुद्धशान्ति गाउँपालिका–स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा अब २४ सै घण्टा इमरजेन्सी सेवा सुरु हुने भएको छ। अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको निर्णयअनुसार २०८२ साल साउन १ गतेदेखि निरन्तर आपतकालीन सेवा सुरु गरिने औपचारिक जानकारी दिइएको छ। अस्पताल प्रशासनले एक सूचना प्रकाशित गर्दै सेवा विस्तारको जानकारी दिएको हो। विस्तारसँगै निम्न सेवाहरू तोकिएको समयअनुसार प्रदान गरिनेछ: ओपीडी सेवा: बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म रेफर तथा नियमित औषधी रिफिल: बिहान ७ बजेदेखि अपरान्ह १ बजेसम्म ओपीडी पुर्जा काट्ने समय: बिहान ७ बजेदेखि अपरान्ह १ बजेसम्म प्रयोगशाला सेवा (इमरजेन्सीसहित): २४ घण्टा एक्स-रे सेवा (इमरजेन्सीसहित): २४ घण्टा फार्मेसी सेवा (इमरजेन्सीसहित): २४ घण्टा…

Read More

झापा- झापाको बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रका अनुसार ४ करोड ९९ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवनले नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। सोही अवसरमा सभामुख घिमिरेले बिर्तामोड वडा नं. ७ का तीन जनालाई जग्गाधनी पुर्जा पनि वितरण गर्नुभएको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, वडाध्यक्षहरू लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नवनिर्मित भवनबाट नागरिकलाई सहजै सेवा प्रदान गर्न सुझाव दिए। सभामुख घिमिरेले भूमि सम्बन्धी ऐन…

Read More