Author: खबरमञ्च

झापा । झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले शनिवारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन्। स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किएका महामन्त्री गगन थापाले भने, ‘हाम्रो यो अभियान जनताको निराशाबाट फाइदा र लाभ लिनलाई होइन, हाम्रो अभियानले…

Read More

झापा । झापाको कनकाई नगरपालिकाले कानून नै बनाएर नगर क्षेत्रमा सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरे पनि छिमेकी पालिकाहरूमा खुल्ला कारोबार हुने गरेकोमा उक्त कानून कार्यान्वयनमा चुनौती थपिएको छ । सूर्तीजन्य पदार्थको सेवनले नगरबासीमा शरीरका विभिन्न भागका क्यान्सर, मुटुरोग तथा अन्य दीर्घ रोग नलागोस् भन्ने आशयका साथ नगरपालिकाले नगर क्षेत्र भित्र सूर्तीजन्य पदार्थको बिक्री तथा उपभोगलाई निषेध गरेको हो । नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि अनुगमनका लागि बजार जाँदा निषेध गरिएका सूर्तीजन्य पदार्थ बजारमा प्रशस्तै भेटिने गरेका छन् । नगरबासीको स्वास्थ्यमा जोखिमपूर्ण परिस्थिति नआओस् भनेर कानून नै बनाएर निषेध गरिएको सूर्तीजन्य पदार्थ बिक्री तथा उपभोगलक्षित कनकाई नगरपालिकाको कार्यालयले शुक्रबार बजारको…

Read More

विराटनगर । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा नेपाली काँग्रेसले पटक–पटक धोका दिएको भन्दै सहकार्य भंग हुने चेतावनी दिएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी चम्पादेवी कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँगको सहकार्य तोड्ने चेतावनी दिएका हुन् । ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको छ’ नेम्बाङले भने, ‘कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमाउनुपर्यो, अहिले पनि हाम्रा उम्मेदवार पराजित भए ।’ अब पार्टी नेतृत्वले केन्द्रमा सहकार्य गरे पनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्ने अवस्था आएको उनको भनाइ छ । नेम्बाङले गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला बिजयी भएर माओवादीका उम्मेदवार पराजित हुनुलाई योजनाबद्ध राजनीतिक बेइमानी…

Read More

विराटनगर । राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले नेतृत्वबाटै धोका भएको आरोप लगाएकी छन् । सत्तारूढ गठबन्धनको मतको आधारमा आफूले जित्ने निश्चित हुँदाहुँदै पनि पराजित बनेपछि कार्कीले यस्तो आरोप लगाएकी हुन् । निर्वाचनमा उनी एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुन पुगिन् । सत्ता गठबन्धनको तुलनमा ८ सय कम रहेको एमालेकी कोइरालाले अप्रत्याशित जित निकालिन् । कोइराला ५ हजार ८६ मतका साथ विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् । तर, अन्यतर्फ गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए । निर्वाचनको नतिजापछि कार्कीले राजनीति संभावनाको खेल भएकाले सिधा र सरल…

Read More

बिराटनगर । कोशीबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धब पौडेलभन्दा दुई मतले पछाडि परेका सिटौला स्थानीय तहको मत गणना सम्पन्न भएपछि विजयी भएका हुन् । प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे । स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।

Read More

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा महिलातर्फ नेकपा एमालेकी रूक्मणी कोइराला विजयी भएकी छन्। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी दिन बाँकी रहे पनि कोइरालाले ५ हजार ८६ मतभार हासिल गरेकी छन्। उनकी प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार हासिल गरेकी छन्।

Read More

विराटनगर । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन र हर्क गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट पालिका प्रमुखमा निर्वाचित भएका थिए ।

Read More

झापा । झापाको कमलमा लागुऔषध गाँजा र ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कमल गाउँपालिका– ७ का २५ वर्षीय सुरज लिम्बू, सोही ठाउँका ४० वर्षीय किवी माया धिमाल, २१ वर्षीय गणेश दर्जी र गौरादह नगरपालिका– १ का २४ वर्षीय विशाल मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कमल–७ धिमाल डाँडास्थित एक होटेलमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २५० ग्राम गाँजा र ४ ग्राम ब्राउन सुगर फेला पारेको थियो । लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दमक…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन् । मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन् । ‘कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने । २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन् । यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने बताएका छन् । एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।

Read More

बिराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी छ । बिहान ९ बजेदेखि सातै प्रदेशमा शुरू भएको मतदान अहिले जारी रहेको हो । मतदान दिउँसो ३ बजेसम्म हुनेछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान हुँदैछ । एक पद भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता छन् । मधेशमा ३७४ र वाग्मतीमा ३४७ मतदाता…

Read More