बिराटनगर । कोशीबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् ।
प्रदेशसभाको मत गन्दा राप्रपाका उम्मेदवार उद्धब पौडेलभन्दा दुई मतले पछाडि परेका सिटौला स्थानीय तहको मत गणना सम्पन्न भएपछि विजयी भएका हुन् ।
प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।
स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे ।
स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।
Facebook Comments Box
