Author: खबरमञ्च
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले वैशाख १२ गतेदेखि गर्ने भनिएको परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारिएको हो ।
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् । यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सी ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो । प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिएको बताए । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् । उनले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गरे । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रस्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरुले…
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भए पनि आफूहरुले अवसर नपाएको बताएका छन्। नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् । आफ्नो परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको उनको गुनासो छ । उनले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने ? भन्दै प्रश्न गरे। उनले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन अह्वान गर्ने…
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौँ ल्याइँदैछ । अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिस बमोजिम पक्राउ परेका महरालाई यति एअरलाइन्सको जहाजबाट काठमाडौँ ल्याइँदैछ । पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो। साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो ।
झापा । झापाको गौरीगञ्ज गाउँपालिका १ स्थित हुलाकी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना गंभीर घाइते भएका छन् । तीनजना सवार मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री गौरीगञ्ज –३ बस्ने अन्दाजी ४० वर्षीय अकालु माझीको मृत्यु भएको हो । राति सवा ९ बजेको समयमा गौरीगञ्ज १ स्थित हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४प ४२२४ नं को मोटरसाइकलले बिपरित दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिएको थियो । ठक्करबाट साईकलयात्री माझीको टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते भएकोमा उपचारका लागि बीएण्डसी अस्पताल ल्याउँदा ल्याउँदै उनको बाटैमा मृत्यु भएको हो । त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज…
झापा । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सीता रानामगरको हृयाट्रिक विकेटबाट प्रेरित नेपालले मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार कुवेतलाई ८ विकेटले पराजित गर्यो । कुवेतले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई ७३ रन बनाएको थियो । बाँगीस्थित वाईएसडी युकेएम ओभल मैदानमा नेपालको ब्याटिङ सुरु हुनु अगाडि वर्षाले खेल प्रभावित गरेको थियो, जस अनुसार डक वर्थ लुइस पद्धतिमा नेपाललाई १२ ओभरमा ५० रनको लक्ष्य दिइएको थियो । कविता कुँवर १ रनमात्र बनाई रनआउट भए पनि नेपालले ६.५ ओभरमै लक्ष्य पुरा गरेको थियो । प्लेयर अफ द म्याच सीता १५ बलमा २ चौका प्रहार गर्दै १७…
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ । शनिवार रुपन्देहीमा भएको प्रेस चौतारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता—२०८० को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशको राजनीति बिग्रिरहेको दाबी गरे । उनले राजनीति संग्लो नभएसम्म देश ठिक ढंगबाट अघि बढ्न नसक्ने दाबी गरे । उनले सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको बताए । उनले भने, ‘देश धेरै अफ्ठ्यारो अवस्थामा छ । देशले धेरै ठूलो सफर गरिरहेको छ । म यहाँहरुलाई बताउन चाहन्छु । जबसम्म राजनीति संग्लो हुँदैन । तबसम्म देश ठिक ढंगले अघि बढ्न सक्दैन । अहिले…
काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठक आगामी सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनले भने, ‘सभामुखबाट विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमितरुपमा गर्नुपर्ने सबै कामसमेत पूरा भएका छन् ।’ नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर…
झापा । झापाको बुद्धशान्तिमा एकजना श्रमिकको हत्या भएको छ । बुद्धशान्ति ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् । हिजो साँझ ७ः५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाईएकोमा अवस्था गम्भीर भई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा आज बिहान ५ः१३ बजे उपचारको क्रममा सेनेहाङको मृत्यु भएको जिल्ला प्रहरी…