काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिएको बताए ।
स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित भएका हुन् ।
उनले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गरे । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रस्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए ।
आफ्नो राजीनमा हेर्ने मन भए १५ महिना पर्खिन उनले आग्रह गरे।