काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले वैशाख १२ गतेदेखि गर्ने भनिएको परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारिएको हो ।
Facebook Comments Box