Author: खबरमञ्च

झापा- मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो अन्दाजी ३:३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्कोगरी जम्मा २ वटा स्काभेटर नियन्त्रणमा लिएको हो। अस्थाइ प्रहरी चौकी खुदुनाबारीमार्फत स्काभेटर खोलाबाट निकाली स्थानीयको गाईफर्म नजिक सुरक्षित राखिएको छ। ती स्काभेटरलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फजुल खर्चको मुख्य कारण प्रदेश संरचना भएको उल्लेख गर्दै सबैको सहमतिमा प्रदेश खारेज गर्ने प्रस्ताव राखेका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले वर्तमान संघीय व्यवस्थाले सबैलाई समेट्न नसकेको टिप्पणी गर्दै नयाँ मौलिक संरचना निर्माण गर्नुपर्ने बताए । सबैलाई समेट्न सकिने गरी नयाँ मौलिक संरचना निर्माण गरिए मुलुकमा रहेका असन्तुष्टिको समेत सम्बोधन हुने उनको भनाइ छ । उनले भने, ‘हामीले अनावश्यक संरचना खारेज गर्ने भनेर भनेका छौं । यो सरकार र सरकारको नेतृत्व गर्ने तथा समर्थन गर्नेहरुलाई थाहा छ कि यो प्रदेश संरचना अनावश्यक…

Read More

झापा- लागुऔषध ब्राउनसुगरसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् । बिहीबार दिउँसो १ः३० बजे मेचीनगर नगरपालिका वडा न. ६ बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय इश्वर राई लागुऔषधसहित पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

बितामोड । झापाको बिर्तामोड नगरपालिकामा रहेका मेलमिलापकर्ताहरुको लागि लेखनसीप तालिम सुरु भएको छ । आजदेखि सुरु भएको तालिम आइतवारसम्म सञ्चालन हुनेछ । बिर्तामोड नगरपालिकाको आयोजना तथा टाईम्स मिडिया नेटवर्क प्रा.लिको सहजीकरणमा ४ दिने तालिम सुरु भएको हो । तालिममा विभिन्न वडाबाट ३५ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । लेखनसीपबारे सहजीकरण गरिने कार्यक्रममा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्र केशरी पोख्रेल, झापा बार एशोशिएसनका अध्यक्ष बसन्त नेपाल, अधिवक्ता कोपिला अधिकारीले तालिमको सहजीकरण गर्ने न्यायिक समिति बिर्तामोडकी उजुरी प्रशासक टिकामाया लामिछानेले जानकारी दिए। कार्यक्रममा मेलमिलापकर्ताहरुलाई लिखतको जानकारी, त्यसका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदन, जोहरी दरखास्त, पालिका र वडामा दिइने निवदेन, कानुनी मान्यता, करार…

Read More

झापा- राजावादी समूहले यही जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच राजसंस्था पुनःस्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले ’सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् । आन्दोलनको संयोजन सुवेदी नेतृत्वको समितिमार्फत नै हुने पनि बताइएको छ । संयोजक सुवेदीले उक्त आन्दोलन शान्तिपूर्ण हुने बताए । त्यस्तै आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने पनि उनले बताए । उनले भने, ’हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन । निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र…

Read More

झापा- घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्चको सो आदेशपछि शिवाकोटी आइतवार थुनामुक्त हुने भएका छन् । बिहीबार कागजपत्र मिलाउन समय नपुगेको, भोलि कानुन दिवस र पर्सी शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका अग्रज कानुन व्यवसायी अशोक पोखरेलले बताए । यसअघि गत पुष…

Read More

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत् परियोजनामा नागरिकका नाममा लगानी गर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागद्वारा बुधबार यहाँ आयोजित प्रदेशको ‘समृद्धिका लागि जलस्रोत एवं ऊर्जा’ विषयक कार्यशाला गोष्ठीमा उनले प्रदेश सरकारले नीति एवं कानुन निर्माण गरी कोषमार्फत यस क्षेत्रका गरिबीका रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने जानकारी दिए। मुख्यमन्त्री कार्कीले भने, “प्रदेश सरकार यस क्षेत्रका जनतालाई धनी बनाउने र ठूल्ठूला परियोजनामा नागरिकलाई प्रत्यक्ष सहभागी बनाउने काम गरिरहेको छ ।” उनले सुनसरी, मोरङ, झापा र इलामको दक्षिण क्षेत्रको महत्त्वपूर्ण योजना ‘तमोर चिसाङ डाइभर्सन’ रहेको…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाई घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् । उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्दहरू रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाए । नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ छ । उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउनु आग्रह गरे । उनले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्ने नहुने भन्दै हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए।  उनले भने, ‘अहिले…

Read More

काठमाडौँ- बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उक्त बैठक बसेको हो। भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ । मुलुकमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थललगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने र सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए । भारत र पाकिस्तानमा सिर्जना भएको तनावपछि विकसित घटनाक्रम र त्यसले नेपाललाई पार्नसक्ने प्रभाव, सम्भावित चुनौती र भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए। “आन्तरिक…

Read More

झापा- झापाको बिर्तामोडमा बिजुलीको पोलमा चढेर चोरी गर्न खोज्दा झड्का लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन् । बुधबार बिहानको राति अन्दाजी १ः३० बजे बिर्तामोड नगरपालिका वडा न.२ स्थित राम चौकमा ट्रान्समिटरसहितको बिजुलीको पोलमुनि भुइँमा तत्काल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षका पुरुष घाइते अवस्थामा फेला परेका थिए । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको गस्ती टोलीले उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरेको छ । उनको निधार र आँखाको डिलमा चोट लागेको छ भने शरीरको अन्य बिभिन्न भागमा जलेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको साथमा तार काट्ने ह्याक्सो ब्लेड, रेन्चहरू, प्लाष्टिकको…

Read More