झापा- लागुऔषध ब्राउनसुगरसहित झापा मेचीनगरका दुई युवा पक्राउ परेका छन् ।
बिहीबार दिउँसो १ः३० बजे मेचीनगर नगरपालिका वडा न. ६ बर्मेली टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने १९ वर्षीय भूमिराज राई र सोही ठाउँ बस्ने २२ वर्षीय इश्वर राई लागुऔषधसहित पक्राउ परेका हुन् ।
शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित १ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Facebook Comments Box