झापा- मापदण्डबिपरित बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ स्थित टाङटिङ खोलाबाट दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो अन्दाजी ३:३० बजे टाङटिङ खोलामा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूको संयुक्त अनुगमन टोलीले बालुवा तथा गिटी उत्खनन् गर्दै गरेको अवस्थामा बा २ क ४६४७ नम्बर र नम्बर नखुलेको अर्कोगरी जम्मा २ वटा स्काभेटर नियन्त्रणमा लिएको हो।
अस्थाइ प्रहरी चौकी खुदुनाबारीमार्फत स्काभेटर खोलाबाट निकाली स्थानीयको गाईफर्म नजिक सुरक्षित राखिएको छ।
ती स्काभेटरलाई आवश्यक कार्वाहीको लागि अर्जुनधारा नगरपालिकामा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box