Author: खबरमञ्च

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका हुन् । राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । यसअघि राष्ट्रपतिलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले स्वागत गरेका थिए । राष्ट्रपति पौडेललाई संसद् भवन गेटदेखि नेपाली सेनाको ‘रिसल्ला’सहितको राजकीय सम्मानको प्रदान गरिएको थियो । नेपाली सेनाका परामाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको सम्मानमा सेनाको…

Read More

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमतिमाथि असन्तुष्ट व्यक्त गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको घोषणा गरेको छ । काठमाडौंमा २७ दिनदेखि जारी आन्दोलनपछि शिक्षा मन्त्रालय र महासङ्घका पदाधिकारी वैशाख १७ गते ९ बुँदेसहित भइ आन्दोलन स्थगित गरिएको थियो । तर विद्यालय कर्मचारी परिषद्ले विभिन्न शिक्षक संस्थाका अध्यक्षहरूलाई मुकदर्शक बनाएर गरिएको धोकापूर्ण वार्ता गरिएको भन्दै विरोध जनाएको छ । परिषद्ले महासङ्घ र सरकारलाई बुझाएको संस्थागत धारणाको मर्मअनुरूप विपरित हुनेगरी तथा विद्यालय कर्मचारीको अल्पमतलाई पूर्णरूपमा बेवास्ता गर्दे एकलौटी गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले परिषद्ले महासङ्घको…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउनसक्ने बताएका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताए। उनले नेपालसँग हाइड्रोपावरमात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले केही दिन अघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई बिस्तार गर्दै लैजान सकिने विश्वास गरे । उनले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै…

Read More

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयको आठौं तह सरह आवासीय चिकित्सकलाई भत्ता नदिने निजी मेडिकल कलेजहरूलाई मन्त्रालयबाट दिइने कुनै पनि सुविधा नदिने बताएका छन् । शुक्रवार मन्त्रालयमा चिकित्सक संघसँग उनीहरूका मागसम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो चेतावनी दिएका छन् । उनले चिकित्सा शिक्षा आयोगको माघ २५ गतेको बैठकले आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता स्वरुप स्वास्थ्य मन्त्रालयको आठौं तह सरह भत्ता दिने भनेर निर्णय गरेको र उक्त निर्णय मान्नैपर्ने बताए। उनले चिकित्सा शिक्षा आयोगले गरेको यो निर्णय कार्यान्वयन गर्नैपर्ने बताए । उक्त निर्णय नमान्ने हो भने राज्यसँगका कुनै पनि सम्बन्ध रहने स्थिति नहुने उनले बताए। सम्वन्धन नै…

Read More

झापा- भुटानबाट खेदिएर नेपाल हुँदै अमेरिका पुगेकामध्ये अहिलेसम्म २० जना पूर्व भुटानी शरणार्थी डिपोर्ट भएका छन्। उनीहरूलाई अमेरिकाले भुटान ल्याएर छाडेको र त्यसपछि भुटानले पनि देश निकाला गरेको हो। तीमध्ये नेपालमा पक्राउ परेका चारजनाबाहेक अरुको अत्तोपत्तो छैन। अमेरिकाबाट डिपोर्ट भएर भुटानबाट समेत २० जना पूर्व शरणार्थी लखेटिएको भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताए। पहिलो पटक १०, दोस्रो पटक ३, तेस्रो पटक २ र पछिल्लो पटक ५ जनालाई अमेरिकाले डिपोर्ट गरेको पौडेलले बताए। तीमध्ये चार जनालाई प्रहरीले पक्राउ गरेर लामो समय हिरासतमा राखेर सर्वोच्च अदालतको आदेशपछि अहिले हाजिरी जमानी रहेका छन्। तीनजना पूर्व शरणार्थीलाई अमेरिकामा पक्राउ गरेर राखिएको बताइएको छ।…

Read More

झापा- भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (कीट) विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्रा मृत भेटिएकी छन् । कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीया प्रिशा साह विश्वविद्यालयकै ‘क्यु सि ४’ छात्रवासको कोठामा बिहीबार साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्। साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा निवासी श्याम साहकी छोरी हुन् । साहको स्थायी घर भने सर्लाहीको मलंगवा हो। मृतक प्रिशाका भाइ गौरव साहले बिहीवार राति ९ बजेतिर कलेज प्रशासनले घरमा फोन गरेर प्रिशाको मृत्युबारे जानकारी दिएको बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८…

Read More

झापा- सवारी दुर्घटनामा परी झापाको दमक नगरपालिकाका कानून अधिकृत माधव बस्नेतको मृत्यु भएको छ। बिहीबार साँझ करिब ६ बजेको समयमा उदयपुरको कटारी नगरपालिका वडा नं. ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नं.को स्करपियो गाडी आफैं अनियन्त्रित भइ सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाइ दुर्घटना हुँदा बस्नेतको मृत्यु भएको हो। बस्नेतलाई उपचारको लागि प्रादेशिक अस्पताल कटारी पुर्याउन साथ अस्पतालले मृत घोषणा गरेको थियो। सवारी चालक जिल्ला झापा दमक नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष बर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी,…

Read More

विराटनगर- दुई दिनसम्म चल्ने कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार समृद्ध प्रदेशका लागि लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए। उनले भने, ‘कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको छ।‘ उनले प्रदेश सरकारबाट कुनै झन्झटबिना काम तुरुन्त गरिने आश्वासन पनि दिए। उनले भने, ‘लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित बनेको मैले पाएको छु।’ प्रदेश विकासका लागि ८…

Read More

झापा- झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधबार साँझ ५ः३० बजे मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना.३ ख.२३५३ को ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे. ८ प.६४९८ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका –१० बस्ने ६८ वर्षीय टंकप्रसाद बराल घाइते भइ उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको छ। ट्रक, ट्रक चालक पाँचथर फिदिम नगरपालिका – ११ बस्ने ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) र मोटरसाइकल प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी…

Read More

काठमाडौँ- आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको छ। उक्त सहमतिसहित सरकार र शिक्षक महासंघबीच ९ बुँदै सहमति भएको बुझिएको छ। सरकार र शिक्षक महासंघबीच बुधबार अपराह्न वार्ता सुरु भएर साँझ सम्पन्न भएको हो। वार्तामा भएका सहमति बोकेर शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठक गएका बताइएको छ। वार्तामा सहभागी एक सदस्यका अनुसार मन्त्रिपरिषद् बैठकले वार्तामा भएका सहमति सार्वजनिक गर्नेछ। सहमति अनुसार भोलि बिहीबारबाट आन्दोलनरत शिक्षक महासंघले सडक आन्दोलन छाड्ने बताइएको छ। महासंघका प्रतिनिधिहरूले भने वार्तामा भएका सहमति मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे आन्दोलन स्थगित गर्नेबारे निर्णय हुने बताएका छन्। विगत २९ दिनदेखि देशभरका शिक्षक काठमाडौँकेन्द्रित…

Read More