विराटनगर- दुई दिनसम्म चल्ने कोशी प्रदेश लगानी सम्मेलन २०२५ सुरु भएको छ।
कोशी प्रदेश सरकारको आयोजनामा लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
उद्घाटन शत्रको कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार समृद्ध प्रदेशका लागि लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए।
उनले भने, ‘कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झटहरु अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुनहरु अध्यादेशमार्फत संसोधन गरेको छ।‘
उनले प्रदेश सरकारबाट कुनै झन्झटबिना काम तुरुन्त गरिने आश्वासन पनि दिए। उनले भने, ‘लगानी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित बनेको मैले पाएको छु।’
प्रदेश विकासका लागि ८ वटा क्षेत्रका ७१ वटा परियोजना ‘सोकेस’मा राखिएको उनले जानकारी दिए।