Author: खबरमञ्च

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले देशभर रासायनिक मलको अभाव रहेको स्वीकार गर्दै सरकार प्राङ्गारिक मल र जैविक मलको नीतिमा अगाडि बढिरहेको बताएका छन्। आइतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले देशको वार्षिक ११ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता भएपनि चार लाख टन मल मात्रै उपलब्ध रहेको उल्लेख गरे । उनले खाद्य सुरक्षा कायम गर्नको लागि समेत सरकार प्राङ्गारिक मल र जैविक मलको प्रयोगलाई बढावा दिने नीतिका साथ अगाडि बढ्ने स्पष्ट पारे । उनले सिंचाई, प्रशोधन र स्टोरेज कृषि सेवामा विद्युत अत्यावश्यक भए पनि विद्युत शुल्क उच्च भएकोले किसान मारमा परेको बताए।…

Read More

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।  आइतवार साँझ सिंहदरबारमा भएको भेटवर्तामा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भेटका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको र संक्रमणकालीन न्यायको प्रक्रिया सकारात्मक रुपमा अघि बढिरहेको पाएको बताए । अध्यक्ष दाहालले संक्रमणकालीन न्याय टुंगो लगाउनेबारेमा भइरहेको प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए । जसमा संक्रमणकालीन न्याय टुंगो लगाउन भइरहेको प्रक्रियाको बारेमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराएको उपमहासचिव पुनले बताए। संक्रमणकालका पीडितहरूले प्रधानमन्त्री ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर…

Read More

काठमाडौँ- काठमाडौँ तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुस्थित एन्जल्स हार्ट सेकेन्डरी स्कुलको परीक्षा केन्द्रबाट ७३ वर्षीय सूर्यवती खनालले परीक्षा दिएकी छन् । उनी तारकेश्वर–११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । प्रवेशपत्रमा उनको जन्म विसं २००९ साउन ९ गते उल्लेख छ । चार छोराछोरीका आमा तथा तीन जना नातिनातिनाका हजुरआमा खनालले छोराछोरी हुर्किएका र पढ्न रहर भएपछि विद्यालय भर्ना भइ नियमित पढाइ अगाडि बढाएकी हुन् । उनले एसइई परीक्षा भने गोगङ्बुस्थित चेतना महिला माध्यमिक विद्यालयबाट उर्तीण गरेकी थिइन् । उनका श्रीमान विद्यालयका शिक्षक छन्।

Read More

झापा । झापाको बिर्तामोडमा आधुनिक मेसिनसहितको ब्युटी पार्लर सञ्चालनमा आएको छ । सौन्दर्यकर्मी कल्पना चौधरीले “कल्पना मेकप स्टुडियो” नाम दिएर ब्युटी पार्लर सञ्चालनमा ल्याएकी हुन्। विगत ८ वर्षदेखि व्युटिसियनको रुपमा काम गर्दै आएर अहिले भने आफ्नै स्वामित्वको पार्लर सञ्चालन गरेको चौधरीले बताइन्। पार्लरका लागि आधुनिक मेसिनहरु खरिद गरिसकिएको र अहिले त्यसको व्यवस्थापनको काम भैरहेको चौधरीका श्रीमान बिनोद लिङ्देनले बताए। करिव दश लाखको लगानी रहेको पार्लरमा हाललाई स्किन केयर, व्युटी केयरका साथै हेयर कटिङ, हेयर डिजाइन, नेल डिजाइन, आंइलासेसलगायतको काम हुने र विस्तारै अन्य सेवाहरूसमेत थपिदै लगिने सञ्चालक चौधरीले जानकारी दिइन्। नेपालमै पनि सौन्दर्य क्षेत्रमा राम्रो सेवा दिन सकिन्छ भनेर आफूले…

Read More

काठमाडौँ- कक्षा १२ को परीक्षा सुरु भएको छ ।  आइतवार बिहान ८ बजेदेखि कक्षा १२ को परीक्षा सुरु भएको हो । आइतबारबाट सुरु भएको परीक्षा आगामी जेठ २ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म हुनेछ । यसअघि वैशाख ११ गतेदेखि शुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको थियो । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५  छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५…

Read More

इनरुवा (सुनसरी)- नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उनीसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित भएका हुन् । “मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले भने । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए। उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका हुन् । विराटनगरबाट काम सिकेपछि…

Read More

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन निर्देशन दिए। उनले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको बताए । उनले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए। उनले सांसदहरूले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए। उनले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताए। विपक्षीहरूले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी…

Read More

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन्। शनिवार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दलहरू स्वार्थ समूह बनिरहेको बताए। उनले लोकतन्त्रमा राजनीतिक दलहरू नै विचारका वाहक हुने बताए। उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे । उनले नेपालका राजनीतिक दलहरू नयाँ रहेको र दलहरू विचार, राजनीति, सिद्धान्त, आदर्शमा भन्दा पनि एउटा स्वार्थ समूह जस्तो भएर जसरी पनि निर्वाचन जितेर सत्तामा पुग्ने खेलमा सिमित रहेको बताए। उनले राजनीतिक दलहरूले सरकारलाई बिना लगानी…

Read More

झापा- झापाको बिर्तामोड र काँकरभिट्टामा गरी लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । शुक्रबार दिउँसो २ बजे बिर्तामोड ४ पुरानो भद्रपुर लाइनस्थित वर्ल्डलिंकको कार्यालय अगाडि बिर्तामोड ५ बस्ने २० वर्षीय सुमित मगरको साथबाट प्लाष्टिकसहित २ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । सोही प्रहरी टोलीले बिर्तामोड ५ देउराली होटल एण्ड लजबाट इलाम सूर्योदय २ बस्ने २१ वर्षीया सन्ध्या विश्वकर्माको साथबाट प्लाष्टिकसहित ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ । दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । त्यस्तै शुक्रबार साँझ ५ः१५ बजे मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टास्थित साठी बिगाह बस्ने राधिका प्रधानको घरमा डेरा गरी बस्ने चारजना…

Read More

झापा- झापामा एक राजनीतिक दलका नेताले पत्रकारलाई झोले भनेपछि विवाद भएको छ। अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलको प्रतिवद्धता’ विषयक अन्तरसम्वाद कार्यक्रममा विवाद भएको हो। जनमत पार्टीका झापा जिल्ला अध्यक्ष भोटुलाल राजवंशीले मन्तव्य राख्नेक्रममा पत्रकारलाई दूर्व्यवहारपूर्ण शब्द प्रयोग गर्दै झोले भनेपछि उनीमाथि पत्रकाहरू आक्रोशित भएका थिए। त्यसपछि भोटुलालाई मन्तव्यसमेत राख्न दिइएन। उनलाई पत्रकारहरू राजेन्द्र गौतम र लक्ष्मी उप्रेतीले पोडियमबाटै धकेलेर मञ्चमा पुर्‍याएका थिए। राजवंशीले ठूला राजनीतिक दलको झोला बोकेका झापाका पत्रकारहरूले आफ्नो पार्टीले आयोजना गरेको कार्यक्रमको समाचार सम्प्रेषण नगरेको आरोप लगाएका थिए। उनले पटक-पटक झोले शब्द उच्चारण गरेपछि…

Read More