Author: खबरमञ्च

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग चीनका राजदूत चेन सोङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री कार्कीसँग राजदूत सोङको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटघाट भएको हो । सो अवसरमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा मुख्यमन्त्री कार्कीले कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्न राजदूत सोङलाई आग्रह गरे । उनले किमाथाङ्का–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए। सो अवसरमा राजदूत सोङले प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए। राजदूत सोङले किमाथाङ्का क्षेत्रमा चीन तर्फको सडक निर्माण सम्पन्न भएको…

Read More

काठमाडौँ- काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश गर्नुभएसँगै निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।” पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा…

Read More

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले उठाएका जिज्ञासाबारे स्पष्ट पार्दै उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे । सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।…

Read More

झापा— बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईंले सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै सबै सरोकारवाला पक्षको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षामा पुग्न सकिने धारणा व्यक्त गरेकी छन्। शुक्रबार सम्पन्न ‘सिकाइ उपलब्धि सुधार अभियान–२०८१’ को समीक्षा तथा शैक्षिक सत्र २०८२ का लागि कार्ययोजना निर्माण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले कक्षा ८ को नतिजामा गणित, विज्ञान र सामाजिक विषयमा कमजोरी देखिएको उल्लेख गर्दै सकारात्मक सिकाइ आवश्यक रहेको बताइन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले संस्थागत विद्यालयहरूलाई पनि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ‘सिकाइ उपलब्धि सुधार अभियान–२०८१’ को प्रगति समीक्षा गरिनुका साथै आगामी शैक्षिक सत्रका…

Read More

झापा- किसानका समस्यालाई सरकारले बेवास्ता गरेको भन्दै झापामा किसान आन्दोलन चर्किएको छ। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट गौरादहका किसानहरूले करिब एक महिनाअघि चक्काजामबाट सुरु गरेको आन्दोलनलाई बिहीबार दिउँसै राँके जुलुसमा परिणत भएको हो। किसान संघर्ष समिति झापाको अगुवाइमा गौरादह नगरपालिकातर्फ अगाडि बढेको राँके जुलुसलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ। प्रहरीले आन्दोलनकारीको हातबाट राँको र पुल्ठो खोसेर निभाएको थियो। त्यसपछि र्याली गौरादह नगरपालिकाको गेटमा पुगेर भित्र पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल भयो। यस क्रममा किसान संघर्ष समितिका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको कमिज च्यातिएको छ। किसानहरूले प्रहरी दमनको घोर आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन्। आन्दोलनकारी किसानहरूले गौरादह नगरपालिकाको गेट अगाडि…

Read More

झापा– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग झापाका बिर्तामोड र अर्जुनधारामा आयोजित कार्यक्रमहरूमा सहभागी भएका छन्। उनी अर्जुनधारा नगरपालिकाको शनिश्चरे मावि र बिर्तामोड नगरपालिका गरामनीमा रहेको दुर्गा माविमा आयोजित कार्यक्रमहरूमा व्यस्त रहे। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट र न्यू लाइट फाउन्डेसनको सहयोगमा मंगलबार शनिश्चरे माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो। राजदूत सोङ्गले शनिश्चरे माध्यमिक विद्यालयमा आधारभूत तहका ५०२ विद्यार्थीहरूलाई शैक्षिक सामग्री र स्वास्थ्य सामग्रीसहितको स्कुल ब्याग वितरण गरे। यसका साथै, १० जना विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ नगद सहायता र ठूलो परिमाणमा खेलकुद सामग्रीसमेत प्रदान गरे। कार्यक्रमपश्चात् उनले विद्यालयलाई एक लाख रुपैयाँ नगद सहयोगसमेत…

Read More

झापा- नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा सोमबार सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रथम स्थान हासिल गरेका झापाको बुद्धशान्ति २, जयपुरस्थित आदर्श माध्यमिक विद्यालयका विद्यार्थी विशाल सहनीलाई मंगलबार विद्यालयले एक विशेष कार्यक्रमका बीच सम्मान गरेको छ। विशालले यो प्रतिष्ठित सफलता ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ नामक आफ्नो अनुसन्धानमूलक परियोजनामार्फत हासिल गरेका थिए। प्रदर्शनीमा प्रस्तुत गरिएको विशालको उक्त परियोजनाले निर्णायक मण्डल र दर्शकहरूको समेत विशेष ध्यान खिचेको थियो। यस परियोजनाले विद्युत् प्रसारण लाइनमा आउने समस्याहरू (फल्ट) लाई स्वचालित रूपमा पत्ता लगाउने प्रविधि प्रदर्शन गरेको थियो, जुन वर्तमान ऊर्जा क्षेत्रका लागि महत्त्वपूर्ण मानिएको छ। विशाल सहनीलाई विद्यालयका विज्ञान शिक्षक…

Read More

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण गैरआवासीय नेपाली (एनआरएन) हरूलाई वंशजको नागरिकता दिन नहुने बताएका छन्। मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताएका छन्। खुला सीमा भएका कारण भारतबाट मात्र नभई उत्तर, दक्षिण लगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको उनले उल्लेख गरेका छन्। आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउँदै उनले प्रश्न गरेका छन्, “पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ?” गैरआवासीय नेपालीलाई सांस्कृतिक र आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उनले बताएका छन्। ब्रिटिश गोर्खाको हकमा पनि दुई…

Read More

विराटनगर- मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं. ३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै हिजो राति सवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ…

Read More

झापा– नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग चार दिने कार्यक्रमका लागि झापा आइपुगेका छन्। उनलाई चन्द्रगढी विमानस्थलमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूले स्वागत गरेका थिए। राजदूत सोङ्गलाई प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा, सभामुखका स्वकीय सचिव केशब ढुङ्गेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी नगर उप-प्रमुख खड्गमाया पराजुली, नेकपा (एमाले) का क्षेत्र नं. २ क्षेत्रीय संयोजक बद्री भट्टराई, नेकपा (एमाले) बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, इन्चार्ज अम्बिर लिङदेन, नेता देवराज कार्की लगायतले स्वागत गरेका थिए। सभामुखका सचिवालय हिमाल मैनालीका अनुसार, राजदूत सोङ्ग भोलिदेखि बिर्तामोड र अर्जुनधाराका विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हुनेछन्।

Read More