Author: खबरमञ्च
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले हुकुमी शासन व्यवस्थाबाट मुक्त भएर जनताले स्थापना गरेको गणतन्त्रलाई अझै सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँको टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले राज्य संयन्त्रलाई सेवा केन्द्रित बनाउन गणतन्त्रले खेलेको भूमिकालाई स्मरण गर्दै नागरिक सर्वोच्चता नै सबैभन्दा ठूलो भएको बताए। प्रधानमन्त्री ओलीले राज्यका अंग र जिम्मेवारीमा रहेका व्यक्तिहरूको आचरण र व्यवहारमा सुधारको आवश्यकता भए पनि राष्ट्रिय चुनौतीहरूको सामना लोकतान्त्रिक प्रणालीमार्फत मात्र गर्न सकिने जिकिर गरे। उनले इतिहासमा राजतन्त्रले जनतासँग भएका सम्झौता पटक–पटक उल्लंघन गरेको स्मरण गर्दै मुकुटको आडमा जनताको सेवा नभइ जनतामाथि शासन गरिएको बताए। प्रधानमन्त्री…
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्तिको प्रतिरक्षा गरेका छन् । बुधवार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको प्रतिरक्षा गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा राजधानीमा सङ्गीतमय बनाऔँ भन्ने अर्थमा अभिव्यक्ति दिएको बताए । उनले गणतन्त्र दिवसलाई उत्साह र सङ्गीत महोत्सवको रूपमा मनाउने गरी प्रधानमन्त्रीले बताएको बताए । गृहमन्त्री लेखकले परम्परागत बाजा तथा साङ्गीतिक कलाहरूलाई सडकमा प्रदर्शन गरेर गणतन्त्र दिवसलाई साङ्गीतिक महोत्सवको रूपमा मनाऔँ भन्ने अर्थमा प्रधानमन्त्रीले अभिव्यक्ति दिएका हुन् । उनले प्रधानमन्त्रीले कुनै राजनीतिक तथा हिंसात्मक नियन्त्रण नभएर सङ्गीतमय नियन्त्रणको कुरा गरेको जिकिर गरे । उनले…
झापा- विपक्षी दलले लगातार दोस्रो दिन पनि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठक अवरुद्ध पारेका विपक्षी दलले बुधबार पनि त्यसलाई निरन्तरता दिएका हुन् । बुधबारको बैठक सुरु हुनासाथ विपक्षी दलले उठेर विरोध गरेका थिए । सोही क्रममा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएकामा विपक्षीले होहल्ला सुरु गरेका थिए । त्यसपछि सभामुखले बोल्न दिन या गृहमन्त्रीलाई बोल्न समय दिनआग्रह गरेकामा विपक्षीले नमानेपछि बुधबार पनि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो । यसअघि मंगलबार पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म र भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने विपक्षीको अडानका कारण…
झापा– झापामा लागुऔषधको कारोबार भयावह रूपमा बढेको पाइएको छ। मेचीनगरस्थित कालिका सिमसार क्षेत्रमा लागुऔषध खरिदबिक्री गर्नेहरूको हिजो (मंगलबार) साँझ ठूलै भीड लागेको अवस्थामा प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ६ बजे मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारी, प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको ‘स्वीप अपरेशन’ टोलीले उनीहरूलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक बिजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाका प्रहरी नायव…
काठमाडौँ– नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गरेका छन्। अध्यागमन विभागको भ्रष्टाचार प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि उनले यस्तो धारणा राखेका हुन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताए। उनले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो तर्क कायमै रहेको जिकिर गरे। शर्माले भने, “पार्टीका शीर्ष नेताहरूले गरेका निर्णयहरू हामीले स्वागत गर्नुपर्छ। यद्यपि हाम्रो व्यक्तिगत धारणाहरू हिजो जे बोलेको त्यो कायम छ। स्वतन्त्र छानबिनको विषयमा सदनमै कुरा उठिरहेको छ।…
काठमाडौँ– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्नु ‘असंसदीय र अराजनीतिक व्यवहार’ भएको टिप्पणी गरेका छन्। आज संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो टिप्पणी गरेका हुन्। उनले कर्मचारीहरूमाथि विगतमा पनि धेरै अध्ययन अनुसन्धान भएको उल्लेख गर्दै, अनुसन्धानको दायरमा रहेका कर्मचारीको विषयलाई जोडेर मन्त्रीको राजीनामा माग्नु उपयुक्त नहुने बताए। बर्तौलाको भनाइ छ, “पटक पटक सरकारमा बसिसकेको प्रमुख प्रतिपक्षी दलबाट एउटा कुनै कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिन वा अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीकै राजीनामा माग्ने र त्यसका लागि संसद अवरोध गर्ने जे खालको व्यवहार प्रदर्शन…
काठमाडौँ- संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबारको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए । सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विमानस्थल अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूबाट रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए ।मुख्य आरोपी सहसचिव तीर्थराज भट्टराईलाई गृहमन्त्रीले नै त्यहाँ पठाएको आरोप लगाउँदै…
फिक्कल (इलाम)– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो बेलिब्रिज जडानसँगै मेची करिडोरमा बर्खायाममा हुने यातायात अवरोधको समस्या समाधान हुने अपेक्षा गरिएको छ। सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेका अनुसार, इलाम नगरपालिका–९ गोलाखर्क र ११ सोयाक जोड्ने पुवाखोलामा ४८.६ मिटर (१६० फिट) लम्बाइको बेलिब्रिज जडान धमाधम भइरहेको छ। सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतमा भइरहेको यो निर्माण कार्य जेठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। इञ्जिनियर घिमिरेले बेलिब्रिजको ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै भने, “बेलिब्रिजको सबै सामान ल्याएर जडान सुरु…
झापा- झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका पालिकाका जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूलाई विपद्को सामनाका लागि तयारी अवस्थामा रहन झक्झक्याएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा बर्षायाम सुरु भइसकेको अवस्थामा जिल्लाका पालिकाका प्रमुख तथा उपप्रमुख र सरकारी कार्यालयका प्रमुखहरूलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन उनले आग्रह गरे। उनले भने, ‘यसपाली सरदर भन्दा बढी बर्षा हुने संभावना मौसमविद्हरूले बताइरहेका बेला तथ्याङ्क प्रस्तुत गरेर वस्तुस्थिति यो छ भनेर देखाउन खोजिएको हो। यसै अनुरुप हामीले तयारी अवस्थामा रहनुपर्ने अवस्था छ।’ कार्यक्रममा विपद्का बेला झापाको पहिलाको अवस्था र यसपालीको संभावित जोखिमका बारेमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति…
झापा– पाँचथरको याङवरक गाउँपालिका–५ दाहाल गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। कृष्ण लिङ्देनको कुटाइबाट उनकी श्रीमती ४० वर्षीया सम्झना भट्टराईको ज्यान गएको हो। गत वैशाख ३ गते बिहान ३ बजे घरायसी विवादका क्रममा लिङ्देनले श्रीमती सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए। प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिए पनि अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो। धरानमा उपचारकै क्रममा सम्झनाको गएराति १२:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ। श्रीमतीलाई कुटपिट गर्ने कृष्ण लिङ्देनलाई भने प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखेको…