झापा– पाँचथरको याङवरक गाउँपालिका–५ दाहाल गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
कृष्ण लिङ्देनको कुटाइबाट उनकी श्रीमती ४० वर्षीया सम्झना भट्टराईको ज्यान गएको हो।
गत वैशाख ३ गते बिहान ३ बजे घरायसी विवादका क्रममा लिङ्देनले श्रीमती सम्झनालाई कुटपिट गरी घाइते बनाएका थिए।
प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिए पनि अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो।
धरानमा उपचारकै क्रममा सम्झनाको गएराति १२:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालको शवगृहमा राखिएको छ।
श्रीमतीलाई कुटपिट गर्ने कृष्ण लिङ्देनलाई भने प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box
