Author: खबरमञ्च
शिवसताक्षी । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिमता (AI) तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो । शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रविधिको विकासँगै आएका सुविधाहरु प्रयोग गरेर आफूलाई दक्ष बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गरे । उनले शिक्षकहरु अब अनिवार्य रुपमा डिजिटल युगसँग अनिवार्य जोडिनु पर्नेमा जोड दिए। त्यस्त शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट सिकेको ज्ञानले शिक्षकहरुलाई शिक्षण पेशामा भरपुर सहयोग पुग्ने अपेक्षा गरिएको बताइन् ।…
बनियानी (झापा)- गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेङ्गी सङ्क्रमण देखा परेको हो । बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला परेका हुन् ।“बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ”, उनले भने, “यहाँ अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमणदर उच्च देखिएको हो ।” जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिए।…
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ भाग लिने २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे । प्रधानमन्त्रीको बिदाइका लागि विमानस्थमा उच्च पदस्थ सरकारी अधिकृत एवं सुरक्षा निकायका प्रमुख उपस्थित थिए । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको…
झापा– झापाको मेची रंगशालामा आज जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका कर्मचारीबीच सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा जिल्ला प्रशासन कार्यालय विजयी भएको छ। प्रशासनले मालपोतलाई ४ गोल लगाएको छ भने मालपोत कुनै गोल गर्न सकेन। जिल्ला प्रशासन कार्यालयका टिम मेनेजर एवम् कर्मचारी मिलन केन्द्रका कोषाध्यक्ष मोहनलाल पनेरुले आगामी दिनमा पनि यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने जानकारी दिए। यसले कर्मचारीहरूबीच आत्मीयता र सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यस्ता मैत्रीपूर्ण फुटबल खेल समय-समयमा आयोजना भएमा कर्मचारीहरूबीच आत्मीयता र सद्भाव कायम हुने बताए। प्रशासनतर्फका १० नम्बर खेलाडी यदुनन्दन दाहालले यो खेल मैत्रीपूर्ण भएको र यसलाई…
झापा- झापाको बुद्धशान्ति गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनको शुक्रबारको बैठकले सीतारमेश क्याम्पसलाई आर्थिक अनुदान दिने प्रस्ताव अस्वीकृत गरेको छ। सोही विषयले दुई पटकसम्म गाउँसभा स्थगन भएको थियो। शुक्रबारको बैठकमा भने उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रस्तावमाथि सदस्यहरूले ‘हुन्न’ भनेपछि उक्त प्रस्ताव अस्वीकृत भएको हो। तर गाउँपालिका क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई आर्थिक सहयोग गर्ने विषयमा आगामी आर्थिक बर्षको पहिलो त्रैमासिकभित्र कानुन बनाएर व्यवस्थित गर्ने सभाले संकल्प प्रस्ताव पारित गरेको छ। सोही विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूबीच मतान्तर रहेकाले पालिका अध्यक्ष मनोज प्रसाईंले निर्णयार्थ प्रस्तुत गरेका थिए। पटक-पटकका छलफलमा पनि निष्कर्ष निस्कन नसकेपछि सभामा निर्णयार्थ…
झापा – झापाको भद्रपुरमा पैसा माग्दा नदिएपछि रिसको आवेगमा एक नातिले ७२ वर्षीया आफ्नी हजुरआमामाथि खुकुरी प्रहार गरेका छन्। आज बिहान अन्दाजी ५ बजेतिर भद्रपुर नगरपालिका–१० स्थित सत्र बिगेमा सोही ठाउँ बस्ने २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीको घरमा आई पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन्। थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन्। घाइते थिनमाया सुबेदीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। उनको चिउँडोमा गहिरो चोट लागेको छ। खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
झापा- निजी सवारीसाधन प्रयोग गरी भारतबाट लागुऔषध ओसारपसार गर्ने चार जना कारोबारीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ। बुधबार दिउँसो २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको टोलीले गोप्य सूचनाका आधारमा भद्रपुर नगरपालिका वडा नं. ७, आनी मार्गमा बा.प्र. ०१-०२५च ०८७७ नम्बरको हुन्डाई क्रेटा कारलाई रोकी चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो। लागुऔषधसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ३१ वर्षीय साजन तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर १ का २० वर्षीय सजिन लामा, बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी नगरपालिका वडा नम्बर १ का २३ वर्षीय…
भक्तपुर- यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डेटलाइन तयार गरेका हौँ, कर्मचारी साथीहरूले डबल सिफ्टमा तीव्र गतिले काम गरिरहनुभएको छ । अहिले नम्बर इन्ट्रि गर्ने र रुजु गर्ने काम भइरहेको छ । काम छिटो सकियो, प्रविधिले साथ दियो भने तेस्रो सातादेखि अगाडि…
काठमाडौँ- विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरण्को उनीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार भएको थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। उनले भने, “पूर्वप्रधानमन्त्री नेपाललाई नगद रु ३५ लाख वा सो बराबरको बैंक जमानतमा छाड्न आदेश भएको छ ।” न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त थुनछेक आदेश गरेको हो । पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरुले थुनछेक बहस गरेका थिए । नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना…
झापा – झापा जिल्लाका १५ वटै स्थानीय तहहरू (८ नगरपालिका र ७ गाउँपालिका)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरेका छन्। केही पालिकाबाहेक अधिकांशले आ-आफ्नो नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेका छन्। नगरपालिकाहरूको बजेट: जिल्लाका ८ वटा नगरपालिकामध्ये सबैभन्दा ठूलो बजेट मेचीनगर नगरपालिकाले ल्याएको छ। मेचीनगरले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८२ करोड ६ लाख ८६ हजार ४३९ रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाहरूमध्ये सबैभन्दा कम बजेट भने कनकाई नगरपालिकाको रहेको छ। कनकाईले ७० करोड ५९ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ। अन्य नगरपालिकाहरूको बजेट यस प्रकार छ: बिर्तामोड नगरपालिका: १ अर्ब ५१ करोड…