Author: खबरमञ्च

झापा- झापा जिल्ला सहकारी संघको खुल्लातर्फको उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन्। सचिव पदमा भवानीप्रसाद दंगाल विजयी भएका छन्। शनिवार साँझ सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ११९ मत प्राप्त गरेका हुन्। सोही पदमा उम्मेदवारी दिएका डिल्ली दाहालले १०६ र अर्जुन दंगालले १७ मत ल्याएका छन्। त्यस्तै सचिव पदमा १५० मतससिहत दंगाल निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धीहरु युवराज गिरीले ६७ र लक्ष्मीप्रसाद बाँस्कोटाले २२ मत ल्याएका छन् । त्यस्तै सहसचिव पदमा १७१ मतसहित टसबहादुर श्रेष्ठ विजयी हुँदा उनका प्रतिष्पर्धी विनोद ढकालले मात्र ५९ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा नारायण गौतम १६४, प्रेमसागर सापकोटा १३७ र काशीनाथ घिमिरे १३१ मत…

Read More

झापा- झापाको शिवसताक्षी नगरपालिकाअन्तर्गत दुधेमा बस दुर्घटना भएको छ। दुर्घटनामा २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा शनिबार बिहान ४:४० मा दुर्घटना भएको हो। मेचीनगर का १३ जना शिक्षकसहित २३ जना यात्रु बसमा रहेको प्रहरीले जानकारी दिएको छ। सबै यात्रु खतरामुक्त रहेको बताइएको छ। केहीलाई चोटपटक लागेको तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते यात्रुको हाल बिर्तामोड बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ।

Read More

बिर्तामोड- बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गरेकी हुन्। सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर चिन्ह प्राप्त पेवर्स लगाइने छ ।…

Read More

झापा- झापाको मेचीनगरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी एक महिलालाई गम्भीर घाइते बनाएका छन्। मेचीनगर नगरपालिका वडा नम्वर १४ धाइजन बस्ने ३१ वर्षीया पुजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं. १५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी एक्कासी सिक्कल प्रहार गरेका थिए । घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

Read More

काठमाडौँ- आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू।’ गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौँकेन्द्रित आन्दोलनमा छन्। विद्यालय शिक्षा ऐनलगायत २४ वटा माग राखेर उनीहरूले काठमाडौँका सडक तताइरहेका छन्। सरकारसँगको वार्ताका लागि अनेकन प्रयास भए पनि सफल हुन सकिरहेको छैन।

Read More

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन गर्न खोजेको भन्दै प्रश्न गरेका छन्। बिहीवार नेकपा(एमाले)ले काठमाडौंमा आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा र सुदृढिकरणमा लाग्न युवा कार्यकर्ताहरुलाई आग्रह समेत गरे । उनले जनताको बलिदानको र संघर्षको अपमान गर्ने तथा सफलतालाई अस्वीकार गर्ने काम भएको भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध युवाहरुले लड्नुपर्ने बताए। आफू सचेत भएर राम्रा कुरा स्वीकार गरेर अघि बढ्नुपर्ने बताए । उनले अबको समय युवाहरुको भएकाले आम्दानी, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताए । उनले भने, ‘देशमा संविधान नमान्ने, लोकतन्त्र नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको…

Read More

झापा- हिरासतमा रहेका चार भुटानी शरणार्थीहरूलाई स्थानहद तोकेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य स्थान तोकेर राख्न र अनुसन्धान गर्न आदेश दिएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेलले अमेरिका जानुअघि उनीहरू बसेको वा अन्य स्थान तोकेर अनुसन्धान गर्ने आदेश भएको बताए। उनले भने, ‘प्रहरी हिरासतमा रहेका उनीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा अन्य स्थान तोकेर अनुसन्धान गर्न आदेश भएको छ।’ अमेरिकाले निष्कासन गरेका चार भुटानी शरणार्थीको हकमा सर्वोच्चले यस्तो आदेश दिएको हो। अमेरिकाले उनीहरूलाई भुटान निष्कासन गरेको थियो।…

Read More

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उनले सिंहदरबार पुगेर पदबहाली गरेका हुन् । सो क्रममा उनले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताए । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उनले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पारे। तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।

Read More

झापा- अनुभवी सहकारी सञ्चालक तथा मिडिया उद्यमी काशीनाथ घिमिरेले झापा जिल्ला सहकारी संघको निर्वाचनका लागि कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। बिर्तामोड ५ मा कार्यालय रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा खबरमञ्च मिडिया प्रालिका निर्देशक घिमिरेले सहकारी क्षेत्रको उन्नयनका लागि उम्मेदवारी दिएको बताएका छन्। झापा जिल्ला सहकारी संघको नयाँ कार्यसमिति चयनका लागि आगामी बैशाख १३ गते शनिवार बिर्तामोडको सिटी सेन्टरमा रहेको साइ पार्टी प्यालेसमा निर्वाचन हुँदैछ। घिमिरेले खुल्ला सदस्यतर्फबाट उम्मेदवारी दिएको बताएका छन्। उनी सहकारीको एक अनुभवी सञ्चालकको रुपमा गनिन्छन्। उनले धेरै संघ/संस्थाको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका छन्।

Read More

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताए । मन्त्री पौडेलले भने, “निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकोर राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।” उनले निजी मेडिकल कलेजले निर्वाह भत्ता रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरुले…

Read More