झापा- झापाको शिवसताक्षी नगरपालिकाअन्तर्गत दुधेमा बस दुर्घटना भएको छ।
दुर्घटनामा २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
काठमाडौँबाट काँकरभिट्टा जाँदै गरेको यात्रुबाहक बस दुधे माइधार सडक खण्डको मिलन चोकमा शनिबार बिहान ४:४० मा दुर्घटना भएको हो।
मेचीनगर का १३ जना शिक्षकसहित २३ जना यात्रु बसमा रहेको प्रहरीले जानकारी दिएको छ।
सबै यात्रु खतरामुक्त रहेको बताइएको छ।
केहीलाई चोटपटक लागेको तर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते यात्रुको हाल बिर्तामोड बीएण्डसी र बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ।
Facebook Comments Box