झापा- अनुभवी सहकारी सञ्चालक तथा मिडिया उद्यमी काशीनाथ घिमिरेले झापा जिल्ला सहकारी संघको निर्वाचनका लागि कार्यसमिति सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
बिर्तामोड ५ मा कार्यालय रहेको सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा खबरमञ्च मिडिया प्रालिका निर्देशक घिमिरेले सहकारी क्षेत्रको उन्नयनका लागि उम्मेदवारी दिएको बताएका छन्।
झापा जिल्ला सहकारी संघको नयाँ कार्यसमिति चयनका लागि आगामी बैशाख १३ गते शनिवार बिर्तामोडको सिटी सेन्टरमा रहेको साइ पार्टी प्यालेसमा निर्वाचन हुँदैछ।
घिमिरेले खुल्ला सदस्यतर्फबाट उम्मेदवारी दिएको बताएका छन्। उनी सहकारीको एक अनुभवी सञ्चालकको रुपमा गनिन्छन्।
उनले धेरै संघ/संस्थाको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका छन्।
Facebook Comments Box