झापा- झापा जिल्ला सहकारी संघको खुल्लातर्फको उपाध्यक्ष पदमा नारायणप्रसाद भट्टराई निर्वाचित भएका छन्।
सचिव पदमा भवानीप्रसाद दंगाल विजयी भएका छन्।
शनिवार साँझ सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले ११९ मत प्राप्त गरेका हुन्। सोही पदमा उम्मेदवारी दिएका डिल्ली दाहालले १०६ र अर्जुन दंगालले १७ मत ल्याएका छन्।
त्यस्तै सचिव पदमा १५० मतससिहत दंगाल निर्वाचित भएका हुन्। उनका प्रतिष्पर्धीहरु युवराज गिरीले ६७ र लक्ष्मीप्रसाद बाँस्कोटाले २२ मत ल्याएका छन् ।
त्यस्तै सहसचिव पदमा १७१ मतसहित टसबहादुर श्रेष्ठ विजयी हुँदा उनका प्रतिष्पर्धी विनोद ढकालले मात्र ५९ मत ल्याएका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा नारायण गौतम १६४, प्रेमसागर सापकोटा १३७ र काशीनाथ घिमिरे १३१ मत ल्याउँदै निर्वाचित भएका छन्।
घिमिरे खबरमञ्च मिडिया प्रालिका निर्देशक पनि हुन्। उनी बिर्तामोड ५ मा रहेको सजिलो सहकारीका अध्यक्ष हुन्।
अन्य उम्मेद्वारहरु ढुण्डीराज गुरागाँईले ८९, चक्र लिम्बूले ७७ र कृष्ण पौडेलले ५४ मत ल्याएका थिए । त्यस्तै लेखा समिति संयोजकमा १६३ मतसहित चुडामणि ओझा निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी खडानन्द गुरागाँईले ६१ मत प्राप्त गरेका छन् ।
यसअघि अध्यक्षमा प्रेमकुमार कोइराला, वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, महिला उपाध्यक्षमा देवी निरौला बस्नेत, कोषाध्यक्षमा केशव बस्नेत, महिला सदस्यहरुमा विन्दाकुमारी थापा, निलाकुमारी दाहाल, संगिता गजुरेल, पुष्पा अधिकारी (चम्लागाँई ) क्षेत्रीय सदस्य क्षेत्र नं १ मा देवीमाया अधिकारी, क्षेत्रीय सदस्य क्षेत्र नं ३ मा हरिकृष्ण अधिकारी, क्षेत्रीय सदस्य क्षेत्र नं ४ मा तिलकप्रसाद सिंह राजवंशी सर्वसम्मत भएका थिए ।
त्यस्तै लेखा सुपरीवेक्षण सदस्यमा मिलन आचार्य र लेखा सदस्यमा राजेन्द्रप्रसाद रिजाल पनि सर्वसम्मत भएका थिए । ३१३ सदस्य रहेको संघमा २४६ मत खसेको थियो ।