Author: खबरमञ्च

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी जनजाति २६ (१५.७६ प्रतिशत), मधेसी २८ (१६.९७ प्रतिशत), थारू पाँच (३.३ प्रतिशत), मुस्लिम चार (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) छन् । सीमान्तकृतभित्र पनि १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकमा दलहरूले पाएको मत हेर्दा दलित क्लष्टरमा रास्वपाबाट सात महिला, दुई…

Read More

सुरुङ्गा (झापा)- झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । उनले निर्वाचन प्रचार प्रशासका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा रु दुई लाख ३३ हजार ५००, हवाई भाडामा पाँच पटकका लागि रु ३५ हजार तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा रु २६ हजार ९७० खर्च भएको उल्लेख छ । वडास्तरीय प्रचार कार्यक्रम…

Read More

झापा- झापा क्षेत्र नम्बर ५ को चुनावी परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रास्वपाले यस क्षेत्रमा करिब ६० प्रतिशत मत हासिल गर्दै पहिलो स्थान ओगटेको हो। कुल १ लाख ७ हजार २०१ समानुपातिक मत गणना भएकोमा १ लाख ४ हजार २८९ मत सदर भएको थियो। जसमध्ये रास्वपाले ६२ हजार २५८ मत प्राप्त गरेको छ। नेकपा एमाले १७ हजार ६२३ मत (१७ प्रतिशत) सहित दोस्रो स्थानमा खुम्चिएको छ भने १० हजार ५७३ मत ल्याएर श्रम संस्कृति पार्टी तेस्रो स्थानमा रहेको छ। अन्य दलहरूमा नेपाली कांग्रेसले ४ हजार ६२…

Read More

झापा- झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि उनकै निवासमा पुगेर हातपात र गालीगलौज गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आइतबार साँझ ७:३० बजेको समयमा गौरादह–५, राजपति चोक चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले मादक पदार्थ सेवन गरी नगर प्रमुख सुवेदीको घरमा पुगेर अभद्र व्यवहार गरेका थिए। पीडित नगर प्रमुख सुवेदीका अनुसार सिटौलाले उनको घरमा आएर “बाहिर निस्की” भन्दै गालीगलौज गर्नुका साथै आफूमाथि हातपात समेत गरेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका सिटौलालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। नगर प्रमुख सुवेदीमाथि…

Read More

झापा- झापामा सम्पन्न निर्वाचनमा सहभागी ९० जना उम्मेदवारमध्ये ७८ जनाको जमानत जफत भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ बमोजिम ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणाली अन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान रहेको छ। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, श्रम संस्कृति पार्टी र नेकपा जस्ता ठूला दलका उम्मेदवारहरू समेत परेका छन्। क्षेत्र नं १ मा नेकपा एमालेका रामचन्द्र उप्रेती, राप्रपाका हेमराज कार्की र नेकपाका अशेष घिमिरे…

Read More

झापा- विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले सभामुख देवराज घिमिरेलाई हराएकी छन् । २०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी मगर यस पटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै निवर्तमान सभामुख घिमिरेको राजनीतिक यात्रामा विराम लगाइदिएकी छन् । झापा–२ बाट निर्वाचित रानाले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरेकी हुन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् । तेस्रो भएका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २ सय ९१ मत पाए । ५ हजार ६ सय १६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् । अघिल्लो निर्वाचनमा दोस्रो भएका राप्रपाका भद्रप्रसाद नेपाल…

Read More

झापा- २०७९ सालको निर्वाचनमा झापा ४ मा हार व्यहोरेका रास्वपाका शम्भुप्रसाद ढकाल यस पटक सांसद निर्वाचित भएका छन् । ४३ हजार ६३१ मतसहित उनी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका कांग्रेसका देउकुमार थेबेले ९ हजार ४३४ मत पाएका छन् । चौथोमा रहेकी श्रम संस्कृति पार्टीकी अमृतादेवी राईले ७ हजार १६१ र पाँचौ स्थानमा खुम्चिएका राप्रपाका भक्तिप्रसाद सिटौलाले २ हजार ८० मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा रास्वपाका ढकालले १४ हजार ६९ मत प्राप्त गरी तेस्रो भएका थिए । त्यसबेला साँवाले २९ हजार ३ सय…

Read More

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १८ लाख ३३ हजार ६५२ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ । सो दलले हालसम्म कुल ९ लाख ४६ हजार ०९१ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले ३ लाख १३ हजार ६४४, नेकपा (एमाले)ले २ लाख ४७ हजार ४२३, नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९ हजार ७३२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६७ हजार ४५१, श्रम संस्कृति पार्टीले ३७ हजार ८०५, राष्ट्रिय परिवर्तन पार्टीले २२ हजार ५५७ तथा जनता समाजवादी पार्टीले १२ हजार १२ पाएका छन्।

Read More

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। शनिबार अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शाहको कार्यकाल सफलताको कामना गरेका हुन्। आफ्नो निर्वाचन क्षेत्रमा अप्रत्याशित हार व्यहोरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्— हार्दिक शुभकामना!” २०८२ सालको यो आम निर्वाचनमा झापा-५ को प्रतिस्पर्धालाई देशभर निकै चासोका साथ हेरिएको थियो। दशकौंदेखि एमालेको ‘गढ’ मानिएको यस क्षेत्रमा ३६ वर्षीय पूर्व मेयर बालेन शाहले भारी मतान्तरले ओलीलाई पराजित…

Read More

काठमाडौँ- देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह फराकिलो मतान्तरले विजयी भएका छन्। शनिबार साँझ आएको अन्तिम परिणामअनुसार शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओली १८ हजार ७ सय ३४ मतमा खुम्चिएका छन्। शाहले ओलीलाई ४९ हजार ६ सय १४ मतले पराजित गरेका हुन्। श्रम संस्कृति पार्टीका समिर तामाङ ९ हजार २ सय ३३ मतसहित तेस्रो भएका छन्। कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८ सय २१ मत ल्याएकी छन् भने नेकपाका रञ्जित तामाङले १ हजार ४ सय ६१ मत…

Read More