काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
शनिबार अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शाहको कार्यकाल सफलताको कामना गरेका हुन्।
आफ्नो निर्वाचन क्षेत्रमा अप्रत्याशित हार व्यहोरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले लेखेका छन्, “बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्— हार्दिक शुभकामना!”
२०८२ सालको यो आम निर्वाचनमा झापा-५ को प्रतिस्पर्धालाई देशभर निकै चासोका साथ हेरिएको थियो।
दशकौंदेखि एमालेको ‘गढ’ मानिएको यस क्षेत्रमा ३६ वर्षीय पूर्व मेयर बालेन शाहले भारी मतान्तरले ओलीलाई पराजित गरेका हुन्।
Facebook Comments Box
