झापा- झापा क्षेत्र नम्बर ५ को चुनावी परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उल्लेख्य मत प्राप्त गरेको छ।
जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रास्वपाले यस क्षेत्रमा करिब ६० प्रतिशत मत हासिल गर्दै पहिलो स्थान ओगटेको हो।
कुल १ लाख ७ हजार २०१ समानुपातिक मत गणना भएकोमा १ लाख ४ हजार २८९ मत सदर भएको थियो। जसमध्ये रास्वपाले ६२ हजार २५८ मत प्राप्त गरेको छ।
नेकपा एमाले १७ हजार ६२३ मत (१७ प्रतिशत) सहित दोस्रो स्थानमा खुम्चिएको छ भने १० हजार ५७३ मत ल्याएर श्रम संस्कृति पार्टी तेस्रो स्थानमा रहेको छ।
अन्य दलहरूमा नेपाली कांग्रेसले ४ हजार ६२ मत, राप्रपाले ४ हजार १९७ मत र नेपाली कम्युनिष्ट पार्टीले १ हजार ९८७ मत प्राप्त गरेका छन्।
Facebook Comments Box
