काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १८ लाख ३३ हजार ६५२ मतगणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।
सो दलले हालसम्म कुल ९ लाख ४६ हजार ०९१ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कांग्रेसले ३ लाख १३ हजार ६४४, नेकपा (एमाले)ले २ लाख ४७ हजार ४२३, नेपाली कम्युनिष्ट पार्टीले १ लाख ९ हजार ७३२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६७ हजार ४५१, श्रम संस्कृति पार्टीले ३७ हजार ८०५, राष्ट्रिय परिवर्तन पार्टीले २२ हजार ५५७ तथा जनता समाजवादी पार्टीले १२ हजार १२ पाएका छन्।
Facebook Comments Box
