Author: खबरमञ्च
झापा- विगत केही दिनदेखि सुरक्षाको कारण देखाउँदै रोकिएको पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम हिजोदेखि पुनः चालु भएको छ। निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले कामदारमाथि हातपात भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै दुई दिनसम्म निर्माण कार्य ठप्प पारेको थियो। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार, स्थानीय प्रशासनसँगको समन्वय र सुरक्षाको आश्वासनपछि कम्पनी काममा फर्किएको हो। स्थानीयले विभिन्न मितिमा नियन्त्रणमा लिएका सातवटा टिपर नियन्त्रणमा लिएका थिए। माघ ९ र १० गते गरी पाँचवटा र पुस २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। तीमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका र दुईवटा सब–डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ। कम्पनीले ती सवारी…
झापा- झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ स्थित जयपुर क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू ह्वात्तै बढेपछि स्थानीय बासिन्दा आफैँ सुरक्षामा जुटेका छन्। नेवाः टोल र बिन्दुली टोलमा श्रृङ्खलाबद्ध रूपमा चोरी हुन थालेपछि टोलबासीले सुरक्षाका लागि रात्रीगस्ती गर्ने निर्णय गरेका हुन्। सोमबार बिहान बिन्दुली चोकमा भेला भएका स्थानीयले गाउँघरमा असुरक्षा बढेको भन्दै यस्तो कदम चालेका हुन्। केही समययता उक्त क्षेत्रबाट मोटर, कृषि औजार तथा अन्य घरयासी सामानहरू हराउने क्रम बढेकाले टोलबासीहरू चिन्तित बनेका छन्। चोरी नियन्त्रण गर्न र गाउँलाई सुरक्षित बनाउन टोलबासीहरू सामूहिक रूपमा सक्रिय भएका हुन्। सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउनका लागि प्रत्येक टोलमा स-साना समूहहरू बनाएर रात्रीगस्तीको प्रबन्ध मिलाइएको छ।…
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई अनाहक दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शुक्रबार झापाबाट काठमाडौं फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो व्यवहार गरिएको भन्दै कडा असन्तुष्टि व्यक्त गरे। अध्यक्ष ओलीका अनुसार, विमानस्थलका कर्मचारीहरूले ‘माथिबाट आदेश आएको छ’ भन्दै उनीमाथि कडा खानतलासी र अपमानित व्यवहार गरेका थिए। उनले भने, “हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरिएको छ, हैरान पारिएको छ। नचिनेको ठाउँमा जाँदा कहिलेकाहीँ नेपालीलाई हेपेको देखिन्थ्यो, हिजो आफ्नै एयरपोर्टमा त्यस्तै व्यवहार…
झापा- झापाको बिर्तामोड–६ बुट्टाबारीमा डिप्लोमा इन्जिनियर्स एशोसिएशन नेपाल (डिन) झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । आज आयोजित एक विशेष कार्यक्रमका बीच डिनका केन्द्रीय अध्यक्ष कामेश्वर सिंह र जग्गादाता गोपिकृष्ण प्रसाईंले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् । स्वर्गीय पिता जयन्द्र र स्वर्गीय माता धनमाया प्रसाईंको स्मृतिमा छोरा–बुहारी गोपिकृष्ण र टिकादेवी प्रसाईंले वि.सं. २०७१ फागुन ३ गते संस्थालाई एक कट्ठा जग्गा नि:शुल्क प्रदान गरेका थिए । सोही जग्गामा कोशी प्रदेश सरकारको कुल १ करोड ८ लाख रुपैयाँको बजेटमा आठ कोठे भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा ५० लाख र २०८१/८२ मा ५८ लाख रुपैयाँ बजेट…
झापा- झापाको बिर्तामोडमा दश दिनअघि भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक युवकको आज मृत्यु भएको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ निवासी १८ वर्षीय समर मुस्लिमको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार, गएको पुस ३० गते साँझ ५:३० बजे बिर्तामोड–६ स्थित किरात चोकको भित्री सडकखण्डमा दुर्घटना भएको थियो। बुट्टाबारीबाट किरात चोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिँदा चालक मुस्लिम गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै उनलाई उपचारका लागि बीएण्डसी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो ३:३० बजे उनको निधन भएको अस्पतालले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा…
काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः००…
काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी…
झापा- झापाको शिवसताक्षीमा गुडिरहेको ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ । बुधबार साँझ ६ बजे शिवसताक्षी ६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडकखण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्रयाक्टरबाट लडेर ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो । अचानक गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि आंम्दा अस्पताल दमक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । ट्रयाक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय नितेस घिमिरे र ट्रयाक्टर इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् रु २५ करोड…
झापा- झापाको बिर्तामोड नगरपालिका–५ मा अवस्थित पूर्वकै पहिलो गायत्री माता मन्दिरले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव आगामी माघ ९ गते मनाउने भएको छ। मन्दिर व्यवस्थापन समितिले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराएको हो। वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा माघ ९ गते साँझ ६ बजेदेखि सांगीतिक भजन सन्ध्या आयोजना गरिनेछ। जसमा प्रसिद्ध भजन गायकहरू राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले प्रस्तुति दिने कार्यक्रम रहेको छ। सोही अवसरमा विशेष पूजा-अनुष्ठान, धार्मिक प्रवचन, भव्य श्रृंगारका साथै महाप्रसाद वितरण गरिने मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिए। मन्दिर निर्माणमा…